रोट्रयाक्ट क्लब अफ दमकको तेस्रो पदस्थापना सम्पन्न

0
167

दमक / रोट्रयाक्ट क्लव अफ दमकले  आफ्नो पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ ।

सन् २०१८ देखी दमकमा युवाहरू एकताबद्ध हुदै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले चौथो कार्यकालको विधिवत् प्रारम्भ गरेको छ । शुक्रबार दमककाे कात्यायनी इन पदस्थापना सम्पन्न गरेकाे हाे ।

रोट्रयाक्ट क्लव अफ दमकको २०२१/२२ की अध्यक्ष सपना लिम्बुले ZRR विवेक श्रेष्ठबाट सपथ ग्रहण गरि, आफ्ना बोर्ड सदस्यहरूलाइ सपथ ग्रहण गराएकी छन् ।

रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोट्रयाक्टका विभिन्न पदका पदाधिकारी  झापा जिल्लाका अन्य रोट्रयाक्ट क्लबका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियो ।

विरोध सुवेदीको नृेतृत्वमा सुरू भएको रोट्रयाक्ट क्लवले सुदिप लिम्बु र दधिराम ढकालको नेतृत्व पायो र हाल महिला नेतृ सपना कन्दङ्गवाले लिएकी छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here