गाेल्डेन गेट बचत तथा ऋण  सहकारी संस्थाको ८ औं बार्षिक साधारणसभा सुरू

0
597

दमक –६  स्थित गाेल्डेन गेट बचत तथा ऋण  सहकारी संस्थाको ८ औं बार्षिक साधारणसभा आज अाइतबार देखि शुरु भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो भदाै  १६  गते समापन हुने गरि साधारणसभा शुरु गरेको हो ।

संस्थाको आफनै सभाकक्षमा आज औपचारिक रुपमा एक कार्यक्रम गरि साधारणसभाको संस्थाका अध्यक्ष गजेन्द्र निराैलाले उद्घाटन गरे ।  कार्यक्रममा सञ्चालक समितिले साधारणसभाका लागि प्रस्तुत गरिने बार्षिक प्रतिवेदन पुस्तिका समेत सार्वजनिक गरीएकाे छ ।

अघिल्लाे बर्षझै यसबर्ष पनि कोरोना महामारीका कारण  साधारण सभाको प्रतिवेदन संस्थाका सदस्यहरुलाई कार्यालयबाटै वितरण गरेर । कोरोना संक्रमणका कारण आलोपालो गरेर भौतिक दुरी कायम गरी वडा वडा लाइ फरक फरक दिनमा प्रतिवेदन उपलब्ध गराइ  छलफल गरीने संस्थमा अध्यक्ष गजेन्द्र निराैलाले बताए ।  ३ दिनसम्म चल्ने साधारणसभाले संस्थाकाे आगामी बर्षकाे याेजना बनाउने छ ।

संस्थामा हाल १९९७ महिला, १२४३  पुरूष र  ३० संस्थागत गरी कुल ३२७० जना शेयर सदस्य रहेका छन् ।  गत बर्ष सस्थाकाे शेयर पूंजी ३ करोड ७० लाख ८८ हजार १ सय रुपैया रहेकाेमा  यस  अाब मा  पूंजी ३ करोड ३९ लाख ९३  हजार १ सय रुपैया रहेकाे छ । त्यस्तै बचत तर्फ २१ कराेड १७ लाख, बिभिन्न शिर्षकमा कर्जा लगानी २२ करोड ९७ लाख बढी लगानी गरेकाे छ भने सस्थाले  ८५  लाख ३७ हजार रुपैया मुनाफा गरेकाे सहकारीका ब्यवस्थापक प्रकास रिजालले जानकारी दिए  ।

उक्त कार्यक्रममा  सस्थाका  सञ्चालक,विभिन्न उपसमिति ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन सस्थाका सेयर सदस्य राजु खड्काले गरेका थिए ।

 

 

 यस संग सम्बन्धित भिडियाे 

http://https://www.facebook.com/pradeshaawajofficial/videos/4369252953097175

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here