दमकमा ‘विद्यालयमा मनोविज्ञान’ कार्यशाला सम्पन्न

0
149

दमक  /  दमक नगरपालिकामा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवश मनाईएको छ ।

दमक नगरपालिका शिक्षा समितिको आयोजनामा विद्यालयमा मनोविज्ञान विषयमा कार्यशाला आयोजना गरि साक्षरता दिवश मनाईएको हो । शिक्षा समिति संयोजक एवम् नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षता तथा नगरप्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा नगरका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मनोविद् डाक्टर सुशिल कँडेलले विद्यार्थीहरुलाई उनीहरुको मनोभावना बुझेर शिक्षण गर्न सके मात्र प्रभावकारी हुन सक्ने लगायतका विषयमा सहजीकरण गरेका थिए । लामो समय कोरोना महामारीका कारण प्रभावकारी रुपमा शिक्षण सिकाई हुन नसकेको अवस्थामा विद्यार्थीको मनोविज्ञान बुझ्न र सोहि अनुसार सिकाई र अभ्यास गर्न गराउन झनै महत्वपूर्ण रहेको उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here