दमक/ झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्तरगर्त लायन्स क्लव अफ दमक डाइनामिक गठन भएर चार्टर भएको छ ।
लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले दमकमा एक कार्यक्रमबीच क्लब चार्टर भएको घोषणा गरेकाछन् । अाइतबार भएकाे कार्यक्रममा लायन्स क्लब अफ दमक युनाईटेड, माउन्ट एभ्रेस्ट, डाइनामिक र लायन्स क्लब मधुमल्लाकाे संयुक्त रूपमा पदस्थापन भएकाे छ।
नव गठित क्लब डाइनामिकमा लायन्सका पुराना तथा नयाँ सदस्यहरु रहेका छन् । छाेटाे समयका बिभिन्न सस्था संगकाे सहकार्यमा तिन दर्जनभन्दा बढि ठुला तथा साना सामाजिक कार्यहरु गरीसकेकाे क्लबका अध्यक्ष बुद्वी सागर बरालले जानकारी दिए ।
साे अवसरमा लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट, दमक युनाइटेड, दमक गाेल्ड, दमक डाइनामिक र लायन्स क्लब अफ मधुमल्लाले ट्राफिक सचेतनाका लागि संयुक्त रूपमा बनाएकाे ट्राफिक स्ट्यान्डिङ बाेर्ड इलाका ट्राफिक कार्यालयका प्रमुख दिलिप कुमार चाैधरीलाइ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले हस्तान्तरण गरेका थिए ।
दमकका बिभिन्न क्षेत्रमा रहेर क्लबहरूले गरेकाे कामकाे खुलेर प्रशंशा गर्दै लायन्सका लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर काकीले क्लबहरू लाइ अागामि दिनमा समेत लायन्सकाे परिधि भित्र रहेर यस्तै राम्रा काम गर्दै जान अनुराेध गरे ।
सो अवसरमा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका सेकेन्ड भाइस डिस्ट्रिक गर्भनर नरनाथ सापकोटा, कोभिड १९ हंगर रिलिफ चियर पर्सन लीला ढुंगेल, डिस्ट्रिक फर्स्टलेडी मञ्जु कार्की, चिफ गर्भनर एड अजय अग्रवाल, एरिया चिफ ज्ञान नाथ पौडेल, रिजन चियर पर्सन रोशन बुढाथोकी, जोन चियर पर्सन तुलसीराम तिम्सिना लगायतले शुभकामना दिएका थिए ।