प्रदेश–१ मा ३४८ मा सङ्क्रमण

0
138

बिराटनगर / पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

जसमा ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९ मध्ये विराटनगरमा ३९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा छ, तेह्रथुममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३८२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here