ब्याज छुटका लागि दमक उद्योग वाणिज्य संघले सुरु गर्यो बैंकका शाखा प्रमुख संग छलफल

0
240

झापा । दमक उद्योग वाणिज्य संघले दमक स्थित बैंकका शाखा प्रमुखहरु संग छलफल सुरु गरेको छ ।

व्यवसायीहरुले लिएको ऋण लक डाउनको कारण व्यापार गर्न नपाए पछि ब्याज तिर्न परेको समस्याका विषयमा छलफलको आयोजना गरिएको वाणिज्य संघकी संघ संस्था समन्यन उपसमिति संयोजक लक्की सिटौलाले बताइन् ।

बिहीबार दमक उद्योग वाणिज्य संघमा भएको छलफलमा संघका अध्यक्ष गोकुल श्रेष्ठले केही दिन अघि व्यवसायले बुझाएको ज्ञापन पत्रको माग अनुसार संघले स्थानीय सरकार, संघको माथिल्लो निकाय समक्ष बुझाएर गहन रूपमा छलफल गरी रहेको जानकारी गराए ।

विगतमा बैंक र व्यवसायीको सम्बन्ध सदैव नङ र मासुको जस्तो भएकाले भर अभरमा कसैले कसैको साथ नछोड्न र सम्बन्ध सदैव कायम राख्न बैंकले ब्याजमा छुट ब्याजको हर्जाना नलिने र पहिलेकै धितोमा थप केही प्रतिशत ऋण दिने वातावरण सिर्जना गर्न महामारी नियन्त्रण अभियान तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईले आग्रह गरे ।

व्यवसायीको तर्फ बाट कुरा राख्दै विमल शर्मा र सन्दिप चापागाईंले बैंकको शाखाa बाट केही गर्न नमिल्ने भएपनि आफ्नो माथिलो निकायमा समन्वयन गरेर व्यापारीको मार बुझेर व्यापारीलाई केही न केही सहज हुने खाले कार्यक्रम ल्याउन अनुरोध गरे उनले । व्यापारीको कुरालाई बेवस्थागरेर टार्न खोजें व्यापारीहरुले आफ्नो व्यवसायमा चाबी लगाएर स्थानीय सरकार र बैंक लाई बुझाउनुको विकल्प नरहेको बताए ।

सबैको बैंकको प्रतिनिधित्व गर्दै बैंकर्स एसोसिएसन दमकका अध्यक्ष राजन बस्नेतले बैंकको शाखा बाट केही गर्न नसकिने तर थप ऋणको व्यवस्था भने विभिन्न बैंकहरुले गर्दै गरेको बताए उनले यस विषयमा गम्भीर भएर माथिल्लो निकायमा जानकारी गराउने बताए ।

उक्त कार्यक्रममा दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, बैंकका प्रतिनिधि, दमक उद्योग वाणिज्य संघका सदस्य, व्यापारी लगायतको उपस्थिति रहेको थियो । देशका अरु क्षेत्र भन्दा दमक धेरै लक डाउन भएको कारण आफूहरु मारमा परेको व्यापारीहरुले गुनासो गर्दै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here