दमकमा थप ६३ जानामा काेराना संक्रमण, झापामा ५ जनाकाे मृत्यु

0
398

दमक /  कोभिड भएर झापामा शनिबार थप ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोडका दुईजना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । दमककी ३० वर्षिया महिला , गौरीगञ्जका २४ वर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४२५ पुगेको छ । शनिबार दमकका ६३ जना सहित झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाका १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो । दमकमा मात्र साउन १ गते देखि ९ गते सम्ममा ४२० जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य कार्यालकाे तथ्याकंमा देखिएकाे छ ।

झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् ।जिल्लामा २७९२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन्

झापाका पालिकामा काेराेना संक्रमितकाे संख्या

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here