दमकमा सोमबार विहानबाट कर्फ्यु जस्तै कडा निषेधाज्ञा

0
673

दमक/ झापाको दमकमा सोमबार विहानबाट कर्फ्यु जस्तै कडा निषेधाज्ञा लगाउने सर्वपक्षिय निर्णय भएको छ । राजनीतिक दलहरु, दमक उद्योग बाणिज्य संघ र वित्तिय सरोकारवालाहरुसंग दमक नगरपालिकाले गरेको छलफलमा सहभागिहरुले विगतजस्तो फितलो र नाममात्रको निषेधाज्ञाको औचित्य नरहेको भन्दै कडा निषेधाज्ञा लगाउन माग गरेका थिए ।

नेकपा एमालेका दमक नगरका कार्यवाहक अध्यक्ष लोकबहादुर अधिकारी, नेपाली काँग्रेस नगर सभापति रोशन विष्ट, माओबादी केन्द्रका नगर सचिव शंकर बस्नेत, जसपा नगर अध्यक्ष खेम दाहाल लगायतले पुर्ण लकडाउनलाई शत प्रतिशत समर्थन गर्ने जनाउदै नगरपालिकालाई कठोर भएर निषेधाज्ञा लगाउन सुझाव दिएका थिए ।

दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल गुरागाँई र सदस्य भरत चम्लागाईले बिगतजस्तो निषेधाज्ञाको कुनै औचित्य नरहेको भन्दै चेनब्रेकका लागि सबै क्षेत्र ठप्प पार्ने गरी लकडाउन भए आफुहरुको समर्थन रहने जनाए । कति ब्यवसायीहरुले लकडाउनलाई कमाई खाने भाँडो बनाएको र यो मौकामा ब्रह्मलुट गरेको आरोप लाग्दै आएको भन्दै अब कसैले पनि निषेधाज्ञा अवज्ञा गर्ने अवस्था नल्याउन लाग्न उनिहरुले सुझाव दिए ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश शर्माले दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर बढेको र अस्पतालले धान्न नसक्ने अवस्था आउन लागेको जनाउदै तत्काल संक्रमण रोकथामका लागि आवश्यकीय कदम नचाले यसले थप खतरा आउनसक्ने तर्फ सचेत गराएका थिए । आम्दा अस्पतालको बेड भरिएर अब क्याविनमा समेत कोरोना संक्रमित राख्नु पर्ने अवस्था आउन लागेको समेत सो अवसरमा जानकारी दिए ।

अत्यआवश्यकीय सेवा अन्र्तगत अस्पतालहरुको ओपिडि बन्द गरेर ईमरजेन्सि सेवामात्र, औषधि पसल, नगरपालिकाको दमकल सेवा र सूचना शाखामात्र सञ्चालनमा आउने जनाईएको छ । हिडडुलमा पनि पुर्ण प्रतिबन्ध लगाउने र अत्यआवश्यकीय भनेर जथाभावी हिड्ने कार्य पनि रोक्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । सम्पूर्णं ब्यवसाय, उद्योगधन्दा एवं कारखाना, यातायात लगायत सबै प्रकारका पसलहरु एकसाताका लागि पुर्ण बन्द गरिने पनि जनाईएको छ ।

अनुमति बेगर हिडडुल गर्ने, पसल तथा ब्यवसाय खोल्ने, सवारी साधन चलाउने तथा कुनै पनि प्रकारकाले निषेधाज्ञा पालना नगरेमा पक्राउ गरेर सोझै जिल्ला प्रशासन कार्यालय झापा पठाएर आवश्यक कार्वाही गराउने सर्वपक्षिय निर्णय भएको पनि नगर प्रमुख ओलीको भनाई छ । यसमा दमक उद्योग बाणिज्य संघ, दमकका राजनीतिक दल तथा सरोकारवालाहरुले कुनै दवाव कसैलाई नदिने पनि निर्णय भएको बताईएको छ ।

सरकारी कार्यालय, बैक तथा सम्पूर्ण प्रकारका वित्तिय संस्थाहरु पनि पुर्ण रुपमा बन्द हुने जनाईएको छ । बाहिरबाट आउने सवारी साधन तथा ब्याक्तिहरुलाई पनि नगर प्रवेसमा कडाई गरिने गरी निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुरोध गर्ने ओलीले जनाए । विगतजस्तो निषेधाज्ञा मानेर यसलाई अवज्ञा गर्ने कार्य कसैलाई पनि नगर्न र गरेमा कुनै कोणबाट पनि क्षमा नगरिने समेत बताईएको छ । घर र पसल एकै ठाँउमा रहेकाहरुले विगतमा चलाखी गरेर ब्यापार ब्यवसाय चालु राखेपनि यो निषेधाज्ञामा अब यस्तो हुन नदिने समेत सो छलफलमा बताईएको थियो ।

दमक नगर उपप्रमुख गीता अधिकारीले दमक नगरपालिकाले केहि गरेन, लकडाउन पनि गरेन, के हेरेर बसेको छ ? भनेर धेरैले भन्ने गरेको भन्दै अब जारी हुने निषेधाज्ञालाई पुर्ण पालना गर्न अनुरोध गरेकीछन् । उनले यसलाई पुर्ण पालना गराउन सबै लाग्नु पर्नेमा जोड दिदै कडा लकडाउन गर्नका लागि आइरहेको दबाबले नगरबासीमा सजगता आएको महसुस भएको रुपमा आफुले लिएको पनि छलफलमा बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here