सदैब सेवामा समर्पित ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’

0
250

दमक  / झापाकाे कनकाइ नगरपालिका ४ रहेकाे पुकार अशक्त मानव सेवा अाश्रममा दमकमा बिभिन्न संस्था मिलेर सहयाेग गरेका छन् ।

दमकमा सामाजिक रूपमा सक्रिय रहेका लायन्स क्लबहरु लायन्स क्लब अफ दमक युनाइटेड, डायनामिक, गोल्ड, झापा दमक, लियो क्लव अफ दमक गोल्ड, लियो क्लव युनाइटेट र असहाय मानव सेवा समाजले संयुक्त रूपमा  माइधारमा  रहेकाे पुकार अशक्त मानव सेवा अाश्रममा तिन महिना लाइ पुग्ने  चामल, दाल,भुजा, चाउचाउ, बिस्कुट लगायत खाध्य सामाग्री, बालबालिकालाइ कपडा  लगायत  दैनिक उपभाेग्य सामग्री बितरण गरेका छन् । अाश्रममा १२ जना अपाङ्ग बालबालिका रहेका छन् ।

लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष श्याम तिम्सिनाकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी डिस्टिक गवर्नर एड अजय अग्रवाल, विशेष अतिथी ईम्प्याक्ट एरिया चिफ ज्ञान नाथ पाैडेल, जाेन चियार पर्सन तुलसि तिम्सिना र कासि खाति, लायन्स क्लब अफ दमक डायनामिककाे अध्यक्ष बुद्वीसागर बराल,लायन्स क्लब अफ झापा दमकका अध्यक्ष असाेक चाैधरी, असहाय मानव सेवा समाजकी अध्यक्ष चेतना निराैला लियाे क्लबका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here