रोटरी क्लब अफ दमककाे पदास्थापन कार्यक्रम सम्पन्न, सञ्चारकर्मी र स्वास्थ्यकर्मी पुरस्कृत

0
290

झापा ,दमकमा रहेर विभिन्न सामाजिक तथा परोपकारका कार्यहरु गर्दै आइरहेको रोटरी क्ल्ब अफ दमकले १० औ पदास्थापन कार्यक्रम बिधुतिय माध्यमबाट सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष प्रत्यक्ष रुपमा आफ्नो पद हस्तान्तरणको कार्यक्रम गर्दै आइरहेको क्लबले शनिबार कोभिडको विषम परिस्थितिमा भाैतिक रूपमा भनएर अन लाइनकाे माध्यमबाट आफ्नो पद हस्तान्तरण गरेको छ । कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२का प्रमुख डिस्टिक गभर्नर सन्तोस रिजाल,दमक नगरपालिका उप मेयर गीता अधिकारी,क्लबका पुर्व अध्यक्षहरु ,विभिन्न रोटरी क्लबका पदाधिकारी ,रोट्याक्टरहरु र इन्ट्रर्याक्टरहरु भर्चुअल माध्यम बाट सहभागि भएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शान्ता ढकालले बर्ष २०२०-२१ मा आफुले गरेका कामहरुको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो भने वर्ष २०२१-२२का अध्यक्ष भरत चम्लगाईले आफ्नो नेतृत्वमा गर्ने कार्यक्रमको योजना प्रस्तुत गरेकी थिइन् ।
उक्त पदस्थापन कार्यक्रममा प्रदेश आवाज डटकमका सन्चालक जीवन चुडाललाइ पहिलो उषा चापागाईं फाउन्डेसन रोटरी दमक पत्रकारिता पुरस्कार र दमक भोकेशनल एवार्ड द्वारा दमक कोबिड अस्पतालमा काम गरिरहेकी दमक  अस्पतालकी फाेकल पर्सन  देवि दंगाललाई  ५- ५ हजार  नगद सहित  सम्मान गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here