जन्सन एन्ड जन्सनको खोपबारे के भन्छ स्वास्थ्य मन्त्रालय ?

0
303

काठमाडौं । भर्खरै नेपालमा आएको अमेरिकी खोप जन्सन एन्ड जन्सनबारे जनमानसमा थुप्रै जिज्ञासा छन् ।

यी जिज्ञासाको जवाफ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका तर्फबाट एक जानकारीमूलक तस्वीर सार्वजनिक गर्दै यस खोपबारे विस्तृतमा बताएको छ ।

यस खोपले स्नायु प्रणालीसम्बन्धि गियान बार्रे सिन्ड्रम को जोखिम बढाउने हल्ला छ । यस भ्रमलाई चिर्ने प्रयास गर्दै मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गियन बार्रे सिन्ड्रमबीचको जोखिमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छैन । अमेरिकाको औषधि नियामक निकायले यो रोग एकदमै विरलै देखिने र यसको जोखिमभन्दा यो खोप लगाउँदा फाइदा बढी हुने कुरामा जोड दिएको छ ।’

यसबारे मन्त्रालयले आगामी दिनमा निगरानी गर्ने बताएको छ । यसको जोखिमभन्दा लाभ बढी रहेको मन्त्रालयको भनाइ छ । यसै कारण हल्लाको प्रभावमा नपर्न मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

मन्त्रालय सूचनामा यस्ताे भनिएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here