मनसुन फेरि सक्रिय, मंगलबारसम्म भारी वर्षाको सम्भावना

0
198

काठमाडौँ- मनसुन फेरि सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रियाले अब तीन दिनसम्म नै देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here