युनियन लाइफको आइपीओमा आवेदन दिनेको संख्या १८ लाख नाघ्यो

0
181

काठमाडौं : युनियन लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ९२ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझ ४ः४२ बजेसम्ममा १८ लाख १८ हजार ५२८ जना लगानीकर्ताले २ करोड ९२ लाख २२ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।

युनियनले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा सोमबार (असार २८ गते) सम्म सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here