१ हजार ८३१ मा कोरोना सङ्क्रमण

0
387

दमक / बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो । हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये १७५ भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा २० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here