कारीतासको सहयोगमा बृक्षारोपण

0
141

दमक, कमल गाउँपालिका वडा नम्बर १ मा बृक्षारोपण गरिएको छ ।

कारीतास नेपालको सहयोगमा कमल वडा नं १ र गाँउपालिका को समन्वयमा स्थानिय यूवा क्लवको सकृयतामा बृक्षारोपण गरिएको हो ।

कमल एकमा रहेको वाँसवाडी कमल पोखरी सिमसार पर्यटकिय क्षेत्रमा एक कार्यक्रम गर्दै आयूर्वेदमा प्रयोग हुने जडिबुटि कपूर, निम, अमला लगायतका एक सय बिरुवा रोपिएको छ ।

बृक्षारोपण कार्यक्रममा  कमल १ का वडा अध्यक्ष केदार कट्वाल, पर्यटकिय क्षेत्र बिकाश समितीका अध्यक्ष गोपाल दहाल, कारीतासका नेपालका प्रतिनिधी गोविन्द राज कट्टेल लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here