बाल आश्रममा लायन्स क्लबकाे सहयाेग

0
354

दमक / दमक स्थिति विभिन्न संघ संस्थाको सहयोगमा अनाथ बाल आश्रममा विभिन्न सामग्री प्रदान गरेका छन्।

दमकमा सामाजिक रूपमा सक्रिय रहेका लायन्स क्लबहरु लायन्स क्लब अफ दमक युनाइटेड, डायनामिक, गोल्ड, लियो क्लव अफ दमक गोल्ड र असहाय मानव सेवा समाजले संयुक्त रूपमा दमक ९ बाल आश्रममा   स्थित रखाद्यान्न सामाग्री, लुगा कपडा, ग्यास र दैनिक उपभाेग्य  सामग्री बितरण गरेका छन् ।

लायन्स क्लबअफ दमक डाईनामिकका प्रेसिडेन्ट लायन बुद्धि सागर बरालकाे  अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी डिस्टिक गवर्नर एड अजय अग्रवाल, विशेष अतिथी ईम्प्याक्ट एरिया चिफ ज्ञान नाथ पाैडेल, जाेन चियार पर्सन तुलसि तिम्सिना र कासि खाति लगायतको उपस्थती रहेको  थियाे ।  क्लबहरूले मंगलबार पनि दमकका छुट्टा छुट्टै स्थानमा कपडा बितरण र कपि बितरण गर्ने कार्यक्रम रहेकाे लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष सजन श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here