‘कच्ची सडकमुक्त’ नगर दमक

0
153

नगरभित्रका सबै कच्ची सडकलाई आउँदो आर्थिक वर्ष भित्रै ग्राभेल गरिसकेर नगरलाई ‘कच्ची सडकमुक्त’ बनाउने नगरपालिकाको महत्वाकाङ्क्षी योजना छ । नगर प्रोफाइलअनुसार दमक क्षेत्रभित्र अझै पनि १९ दशमलव ४७ प्रतिशत परिवार सहज प्रकारको सडक पहुँचमा छैन । नगरभित्र ग्राभेल सडक ३२० किलोमिटर, पक्की सडक ५५ किलोमिटर र कच्ची सडक १४३ किलोमिटर रहेको छ ।

उपप्रमुख अधिकारीका अनुसार आव २०७८/७९ को बजेट कार्यान्वयन भइसक्दा नगरका सबै कच्ची सडक ग्राभेल भइसक्ने छन् भने सहज प्रकारको सडकको पहुँचमा सबै नगरवासीलाई पुर्‍याउने कार्य सम्पन्न हुनेछ । नयाँ बजेटमा २०० किलोमिटर सडकलाई ग्राभेल, २० किलोमिटर ग्राभेलको मर्मतसम्भार र १० किलोमिटर सडक पक्की तथा कालोपत्र गरिने भनिएको छ ।

नगरपालिकाले सडक पूर्वाधार विकासका लागि आव २०७८/७९ का लागि ५२ करोड १० लाख ७६ हजार बजेट विनियोजन गरिएको र चार करोड वडागत बजेटको व्यवस्था गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here