दमकमा पञ्चेबाजासहित सामुहिक धान रोपाइ

0
1036

दमक/झापाको दमक २ मा आज नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघझापाले बेठी लगाएर पञ्चेबाजासहित सामुहिक धान रोपाइ कार्यक्रम गरेको छ ।

कृषि पेशालाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाल खेलकुद महासंघले देशव्यापी रुपमा शुरु गरेको आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान अन्तर्गत महासंघले आयोजना गरेको सामुहिक रोपाइमा खेलकुद महासंघका नेता कार्यकर्ताहरुसहित स्थानीय महिलाहरु उल्लेख्य संख्यामा सहभागी थिए । महासंघका स्थायी कमिटी सदस्य समेत रहेका स्थानीय राजकुमार थापाको खेतमा आयोजना गरिएको सो रोपाइँमा महासंघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो

कार्यक्रमका प्रमुख अतिथी बस्नेतले सबै नेपाली नगरिक उत्पादनमा जोडिन प्रेरणास्वरुप महासंघले अभियान संचालन गरेको स्पस्ट पार्दै अब कृषि उत्पादनमा गुणात्मक वृद्धि गरि निर्यात गर्ने स्तरमा मुलुकलाई पुर्याउदै सम्वृद्द नेपाल, सुखी नेपाली नारालाई साकार पार्न सबैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने   बताए ।

पछिल्लो समयमा धेरै जग्गा बाजो राख्ने गरेको पाएकोले भएको खेत बाजो नराखौं धान रोपौ उब्जनी बढाऔं भनेर किसान हरुलाई प्रोत्साहन गर्ने उधेश्य अनुरूप देश व्यापी रूपमा  महासंघले  सुरू गरेकाको अभियानले  झापामा पनि गरिएको  महासंघका झापा सचिब भवानी बरालले बताए ।

 रोपाइमा कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्य होम बहादुर थापा,  खेलकुद महासंघका केन्द्रीय सचिव वाशु नेपाल, सन्तोश बान्तवा, पार्टी जिल्ला कमिटी सदस्य अम्बिका खनाल नेपाल खेलकुद महासंघ सचिबालय सदस्य खगेन्द्र घिमिरे युवा संघ नेपाल झापा संयोजक सम्भु भण्डारीको विशेष आतिथ्य रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here