तीन दिनमै तयार भयो चिटिक्क परेको घर ( भिडियोसहित )

0
541

कमल ( टुकुरे)/ दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी कमल ५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाएक खुशी भित्रिएको छ ।

उनको घर र पारिवारिक अवस्थाका बिषयमा सञ्चार माध्यमहरुमार्फत खबर बाहिर आएपछि कमल गाउँपालिकाका केही मनकारी युवाहरुको समुहले तीन दिनभित्रै स्थानीय संगीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएर खुशी भित्रयाएको हो । दाताहरुको सहयोगमा प्राप्त खाद्यसामान ( राहत ) समेत ओत लगाउने ठाउँ थिएन, मेरै घरमा लगेर राखिदिन्थें– संगीताका छिमेकी शान्ता चेम्जोङ देवानले भनिन । उनले संगीताको जिवनमा यही घरनै सबैभन्दा खुशीको उपहार बनेको प्रतिक्रिया दिइन ।

संगीताको घर परिवारको अवस्थाबारे सञ्चार माध्यमहरुमार्फत बाहिर आएपछि केही मनकारी युवाहरुले थाहा पाए । उनको अवस्थाबारे जानकारी पाएपछि ४ दिन अघि संगीताको घरमा पुगेका कमल ५ का युवा शैक्षिक तथा सामाजिक व्यक्तित्व एकराज प्याकुरेलले भने– हामी यो ठाउँमा आयौं, अवस्था साँच्चैनै दयनिय देख्यौं र अग्रज दाईहरु र साथीभाईका बीचमा सरसल्लाह भयो, संगीताको घरका लागि हामीले स्टीमेट निकाल्यौं बर्खा लागिसकेको अवस्थामा लामो समय कुर्न सक्ने कुरा भएन तत्कालै हामी एक्सनमा गयौं, तीन दिनमा यो घर तयार भयो ।

उनले घर निर्माणको सोच बनाउँदा कतिपयले यसलाई मजाकका रुपमा लिन खोजेपनि तीन/चार दिनभित्रै घर निर्माण सकिँदा भने दंग परेको बताए । घर निर्माणको लागि नेपाली कांग्रेसका स्थानीय युवा नेता हुकुमसिंह राइले नेतृत्व लिए । यो काममा सहयोगी बने थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ र पवन लुइँटेल । उनीहरुको विशेष सहयोग त छदैं थियो भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारीले उसैगरी खटिएर संगीताको जिवनको सबैभन्दा खुशीको क्षण ल्याइदिएका हुन ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here