दमक /दमक कोभीड अस्पतालमा रहेका बिरामी र तिनका कुरुवालाइ निशुल्क खाना खुवाउने कार्यका लागी लायन्स क्लब अफ दमक माउन्ट एभरेस्ट र कारितास नेपाल बिच आज एक सम्झौता भएको छ ।
दमक कोभिङ अस्पतालमा भएको एक कार्यक्रममा दुवै संस्था विच सम्झौता भएको हो । लायन्स क्लव अफ दमक माउन्ट एभरेस्टले बिगत महिना देखी नै बिरामी तथा तिनका कुरुवालाई खाना खुवाइ रहेको थियो त्यसमा थप सहयोग गर्न स्थानिय व्यवस्थापन लायन्स क्लवले गर्ने गरी कारीतास जर्मनीको सहयोगमा कारीतास नेपालले १ महिनाको खाध्य समाग्री हस्तानतरण गर्ने गरी सम्झौता भएको हो ।
बिरामी तथा तिनका कुरुवालाइ पोषण युक्त खानेकुरा दैनिक रुपमा खुवाइने छ । कारीतासका तर्फवाट गोविन्द राज कट्टेल र क्लबका नव निर्वाचित अध्यक्ष तुलसी राम दंगाल बिच सम्झौतामा हस्ताक्षर गरे सङ्गै आजबाट खाना खुवाउने कार्य सुरु भएको छ ।
खाना खुवाउने कार्यमा क्लवले पकाउने, सरसफाइ, गोदामको व्यवस्थापन गर्ने छ भने कारीतास नेपालले दैनिक चाहिने खाध्य सामाग्रीको आपूर्ति गर्ने सम्झौता भएको छ ।