थप ४ हजार ५२२ जनामा कोरोन सङ्क्रमण

0
245

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ ।१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएर घर फकिएका छ । त्यसैगरी मंगलबार थप ४१ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २६ हजार ३४३ र एन्टिजेनबाट २८ हजार १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने ५ लाख ६४ हजार ८८२ जना कोरोना मुक्त भएका छन ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ८ हजार ८१३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here