रोटरी क्लब दमक द्वारा ७ औं खानेपानी परियाेजना हस्तान्तरण

0
354

दमक /राेटरी क्लब दमककाे नियमित कार्यक्रम अन्तरगर्त दमक-४ अडियामहलमा रहेकाे बिद्याेदय आधारभुत बिद्यालयमा खानेपानी परियाेजना बिद्यालय ब्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ ।

दमक नगरपालिकाकी उप-प्रमुख गीता अधिकारी र क्लब अध्यक्ष शान्ता नेपालकाे बाहुलीमा अनावरण गरि बिद्यालय ब्यवस्थापन समितिलाई मंगलबार हस्तान्तरण गरिएको छ ।

रोटरी क्लव दमकले विगत ६ वर्षदेखि बर्सेनि सामाजिक कार्यअन्तर्गत सामुदायिक बिद्यालयलाई लक्षित गरेर स्वच्छ पिउने पानीको व्यवस्था गर्दै आएको छ ।

क्लबकाे प्रत्यक्ष संलग्नतामा रू १,४४,६००/- मा तयार परियाेजनामा बिधालयकाे पनि २०% सहभागीता रहेकाे जानकारी कार्यक्रम संयाेजक दिपु सन्दिप चापागाईले जानकारि दिए ।

उपप्रमुख अधिकारीले रोटरीले सामाजिक कार्यमा पुर्याउँदै आएको कार्य प्रशंसनीय भएको जोड बताइन्। रोटरीले खुशी बिद्यालय ( Happy School) अवधारणा सहित विद्यार्थी हरूलाई स्वच्छ पिउने पानीको उपलव्धतामा जोड दिन सो खानेपानी योजनाले प्रत्यक्ष लाभ पुर्याउने क्लबकीअध्यक्ष शान्ता नेपालले बताईन।

त्यस अवसरमा रोटरीका पदाधिकारी ,सदस्य र बिद्यालयका शिक्षक र ब्यवस्थापन समितीकाे उपस्थिति रहेको  कार्यक्रमको संञ्चालन राेटरी क्लब अफ दमकका सचिव शान्तिराम निराैलाले जानकारी दिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here