खैरो हिरोइन सहित एक युवकलाई पक्राउ

0
208

दमक / प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध खैरो हिरोइनसहित १ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर ७ का   ३४ बर्षका  पबन राई  रहेको  जिल्ला  प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरीले उनको साथबाट २२ ग्राम लागुऔषध ब्राउन सुगर  बरामद गरेको छ ।

उनलाइ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  संका लागि चेकजाँच गर्दा ब्राउन सुगर बरामद गरीएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पक्राउ परेका राइ लाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here