दमक / कोरोना संक्रमणको दोस्रो लहरको प्रभाव कमजोर हुँदै गए पनि बिज्ञहरुले तेस्रो लहरको चेतवानी दिईरहेका छन् । तेस्रो लहरमा अवस्था झन खराब हुने भन्दै त्यसको तयारीमा लाग्न चिकित्सकहरुले सुझाव दिएका बेला दमकमा निजि क्षेत्रको पहलमा भेन्टिलेटर खरिदको पहल हुन थालेको छ ।
उद्योग बाणिज्य संघ दमकको अगुवाईमा गम्भिर प्रकिृतिका बिरामीहरुको उपचारको लागी भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाईएको संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा महामरी नियन्त्रण अभियान सुरू भएकाे छ । उक्त अभियान अन्तरगर्त तत्काललाई ५ वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको उनले बताए ।
समितिले भेण्टिलेटर खरिदको लागी आर्थिक संकलन सुरु गरेको समितिका संयाेजक प्रसाईंले जानकारी दिए । उद्योग बाणिज्य संघ दमकले १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य ब्यवसायी तथा सर्वसाधारणबाट रकम संकलनको काम थालिएको उनले बताए । हाल सम्म समितिमा १० लाख ५२ हजार रुपैयाँ जम्म भएको भन्दै उनले उद्योग बाणिज्य संघ दमकको नाममा रहेको नविल वैंक दमक शाखाको खाता नम्बर ०२२०१०१७५०१४३५ मा रकम जम्मा गर्न सकिने जानकारी दिए । उनले भोली बिरामी भएका बेला उपचार नपाएर मर्न नपरोस भन्दै आज सकेको रकम सहयोगको लागी सबैसंग आग्रह गरेका छन् ।
महामरी नियन्त्रण अभियान समितिले बिज्ञहरु सम्मिलित अन्य उप समिति समेत गठन गरि भेण्टिलेटर खरिदको लागी प्रक्रिया अघि बढाएको छ । औषधि व्यवासायी संघ झापा अध्यक्ष गौतम गुप्ताको सम्योजकत्वमा चिकित्सक र ईन्जिनियर सहितको बिज्ञ समिति र उद्योग बाणिज्य संघ दमकका कार्य समिति सदस्य भरत चौलागाईं सम्योजक रहेको भेण्टिलेटर खरिदका लागी अध्ययन तथा समन्वय उप समिति गठन गरेर खरिदको लागी सुझाव लिईरहेको सम्योजक प्रसाईंले बताए । यहि असार भित्रमा भेण्टिलेटर ल्याउने गरी खरिद प्रक्रिया सुरु गरिएको उनले बताए ।
दमकमा सरकारी र निजि क्षेत्रका अस्पतालहरु गरि जम्मा १४ जना भेण्टिलेटर रहेको दमक नगरपालीका स्वास्थ्य शाखाका अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिए ।