झापा । झापामा पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितहरु दमकमा ९ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा १५ जना थपिएका छन् भने भद्रपुरमा ९ जना थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै झापामा कुल मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ ।
कुन पालिकामा कति संक्रमित थपिए