दमकमा एकै दिन ४३ जना संक्रमण मुक्त, २ जनाको मृत्यु, १०१ जनाको स्वाव संकलन

0
294

दमक / दमकमा आज ( बिहिबार) थप ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । यस अघि ६९७ जना कोरोना संक्रमण मुक्त भएका थिए । आज निको भएकासंगै कोरोना संक्रमण मुक्त हुने दमकबासीको संख्या ७४० पुगेको छ ।

अहिले सम्म निको हुनेमा ४०३ जना पुरुष र ३३७ जना महिला छन । आज ४३ जना निको भएसंगै दमकमा सक्रिय संक्रमितको संख्या पनि घटेको छ । यस अघि ५१० जना सक्रिय संक्रमित रहेकोमा आज ( बिहिबार) सक्रिय संक्रमितको संख्या ४७४ मा झरेको छ । आजनै संक्रमणका कारण लाइफलाइन अस्पतालमा दुई जना को मृत्यु भएसंगै दमकमा मृतकको संख्या २१ पुगेको छ । १० जना महिला र ११ जना पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिएका छन । दमकमा आज थपिएका नयाँ संक्रमितको संख्या १० छ ।

दमकमा निशुल्क पीसिआर बिधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलनलाई आज ( बिहिबार) पनि निरन्तरता दिइएको छ । नगरपालिकाले आज थप १०१ जनाको पीसिआर परिक्षणका लागि स्वाव संकलन गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यससंगै दमकमा निशुल्क पीसिआर परिक्षण गराउनेको संख्या ९०९ पुगेको छ ।

यस अघि ८०८ जनाको स्वाव संकलन गरि पीसिआर परिक्षण गराइ सकिएको जनाइएको छ । नगरपालिकाले सातामा दुई पटक (हरेक बिहिबार र सोमबार) निशुल्क पीसिआर परिक्षणका लागि स्वाव संकलन गर्दै आएको छ । दमक २ बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा स्वाव संकलन गर्ने गरिएको हो । संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका, चिकित्सकहरुको सिफारिसमा परेका र लक्षण चिन्ह देखिएका बिरामीको मात्रै दमक नगरपालिकाले निशुल्क पीसिआर परिक्षणका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाव पठाउने गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here