झापामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो, आइतबार र बुधवार पसल खोल्न पाइने

0
384

दमक/ कोरोना रोकथाम तथा नियन्त्रणका लागि झापामा १ जेठदेखि जारी रहेको निषेधाज्ञा क्रमशः व्यवसायी मैत्री बनाउदा कोरोनाको जोखिम कम हुन सकेको छैन । निषेधाज्ञाको समयमा पनि दमकसहित जिल्लाका अधिकांश पालिकामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ । निषेधाज्ञाको निर्णय कार्यान्वयनमा कमजोरी हुँदा कोरोना संक्रमण फैलिने क्रम रोकिन नसकिरहेका बेला बिहिबार फेरी उस्तै प्रकृतिको खुकुलो निषेधाज्ञा लगाउने निर्णय अधिकारीहरु र सरोकारवाला निकायले लिएका छन ।

जेठ मसान्तसम्मका लागि लम्बाइएको निषेधाज्ञा सम्बन्धिको निर्णयमा साताको दुई दिन आइतबार र बुधबार पसल व्यवसाय खोल्ने उल्लेख छ । यस अघिको तुलनामा यसलाई खुकुलो निषेधाज्ञाको रुपमा लिन सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय लिँदै खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको हो । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खुलाउन पाउने निर्णय भएको जनाइएको छ ।

ती सामानहरूको होम डेलिभरी सेवालाई यथावत् राखेर ठुला व्यवसायीलाई बजारमा सामानको आपूर्ति गर्न सहज बनाएको छ । यसले कोरोनाको जोखिम न्यूनिकरण नभई थप बढाउने देखिन्छ । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ । यसो गरिँदा सडकमा ट्रिपर, ट्रयाक्टर, ट्रक, साना सवारी आदिको आवगमन झनै बढने देखिन्छ । साथै वित्तीय संस्था समेत हप्तामा तीन दिन खुलाउने निर्णय भएको बताइएको छ । यसअघि सातामा दुई दिन मात्रै वित्तिय संस्था खोल्ने निर्णय थियो ।

यस्तो छ निर्णय

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here