लागु औषध र नक्कली नोटसहित एक युवक पक्राउ

0
406

दमक / ब्राउन सुगर र नक्कली नोटसहित झापाबाट एक युवक पक्राउ परेका छन्।

दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ पक्राउ परेका हुन्।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राति ११ बजे लागू पदार्थ ब्राउन सुगर र नेपाली नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बानियाँको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोट पनि बरामद गरिएको छ।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here