रहस्यमै बित्याे दरबार हत्याकाण्डको २० वर्ष

0
254

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । अत्यन्तै संवेदनशिल र उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमै छ ।

मुलुकमा राजतन्त्र हटेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । पारिवारिक जमघटका बेला भएको घटनामा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग विक्रम र अन्य राजपरिवारका सदस्यहरूको पनि हत्या भएको थियो । उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएदेखि नैं नेपालमा राजतन्त्रको भविष्य संकटमा परेको थियो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here