सरकारले झापाको दमकमा दुई वर्षभित्र मदन भण्डारी रंगशाला निर्माण गरिसक्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्ष भित्र बनाइसक्ने गरि दमकमा मदन भण्डारी रंगशाला निर्माण गर्ने बताए।
यसअघि झापाको कमल गाउँपालिकामा बनाउने भनिएको आदिवाशी जनजाती रंगशाला नामको विवाद भएपछि अलपत्र परेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासीका नाममा बनाउन लागेको रंगशालालाई मदन भण्डारी रंगशालाको नाम दिन खोजेको थिए। जसको आदिवासी अगुवाहरुले विरोध गरे, लामो विवादपछि अहिले ओली सरकारले दमकमा मदन भण्डारीको नाममा रंगशाला बनाउने निर्णय गरेको हो।
१६८ स्थानीय तहमा खेलग्राम बनाउन बजेट बिनियोजन गरिएको छ।
खेल पर्यटनको उत्कृष्ट गन्तब्य बनाउन खेल विश्वविद्यालयको सम्भाव्यता सुरु गरिने समेत अर्थमन्त्री पौडेलले बताएका छन्।