जेठ १ देखि दमक पूर्णरुपमा बन्द, वित्तिय संस्था दुई दिन मात्रै खुल्ने

0
435

दमक/ कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि झापाको दमक नगरपालिकाले आगामी १ जेठ ( शनिबार) देखि लागू हुने गरी पूर्ण रुपमा बन्द गर्ने तयारी गरेको छ ।

नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको  बिहिबार  बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । उनका अनुसार १ गतेदेखि दमकमा कुनै पनि पसल, व्यावसाय, हिंडडुल आदि बन्द गरिएको छ । वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्नेछन ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन । दमकको अवस्था दिनानुदिन चिन्ताजनक भएपछि यस किसिमको कडाइँ गर्ने अवस्था सिर्जना भएको नगर उपप्रमुख गीता अधिकारीको भनाई छ

यता दमक उधाेग वाणिज्य संघले अाफ्ना मातहतका ब्यापारी र अाम नगरबासीलाइ सूचना जारी गर्दै स्थानिय सरकार र जिल्ला प्रसाशन कार्यालय काे अादेशकाे पालना गर्न अनुराेध गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here