झापामा १ सय ३५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

0
177

झापा  ४, वैशाख  /  झापा मा पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ५४ महिला र ८१ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु बिर्तामोडमा २५ जना, भद्रपुरमा १७ जना, गौरादहमा ९ जना, अर्जुनधारामा ५ जना, मेचीनगरमा ९ जना, कनकाईमा २० जना, दमकमा २० जना रहेका छन् ।

त्यस्तै वुद्धशान्तिमा ६ जना, शिवसताक्षीमा ४ जना, कमलमा ७ जना, हल्दिबारीमा ६ जना, बाह्रदशीमा २ जना, कचनकबलमा २ जना रहेका छन् भने ठेगना नखुलेको २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा आजसम्म कुल संक्रमितको संख्या ५९२५ पुगेको छ ।

त्यस्तै आजसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १२०३ रहेको छ । आज २ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here