झापामा अक्सिजन सहितको ३० शैयाको आइशोलेसन निर्माण

0
150

झापा, २४ बैशाख /  मेचीनगर नगरपालिकाले कोभिड १९का सङ्क्रमितका लागि अक्सिजनसहितको ३० शैयाको ओइशोलेसन कक्ष स्थापना गरेको छ । मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा तयार गरिएको केन्द्रमा एक डाक्टरसहित दुई जना स्टाफ नर्स र दुई जना सहयोगीको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।

सो आइशोलेसन कक्ष गत बर्षको कोरोना सङ्क्रमणका समयमा क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । नगरमा दोस्रो लहरको कोरोना भेरियन्टका संक्रमित बढेसँगै होम आइशोलेसनमा बसेकाहरुका लागि १०० थान अक्सिजन माक्सको समेत व्यवस्था गरेको उनले बताए । उनले भने, “होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागि औषधि स्वास्थ्यकर्मीमार्फत घर घरमै पुर्याउने र कसैलाई श्वास फर्न समस्या गाहे भएमा अक्सिजन पनि पठाउने व्यवस्था गरेका छौं ।” नगरले दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

उनका अनुसार एम्बुलेन्समार्फत नै नगरभित्रका सङ्क्रमितहरुलाई अस्पतालसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले आज नगरभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सका चालक, सर्पदंश उपचार केन्द्र र आम्दा मेची अस्पताल धुलावारीलाई स्वास्थ्य सुरक्षणका सामग्री प्रदान गरेको छ ।

कोभिड–१९ नियन्त्रण तथा सङ्क्रमितहरुको उपचारमा छिटो र छरितो रुपमा सेवा दिने उद्देश्यले वडाध्यक्षहरुको संयोजकत्वमा वडास्तरीय ‘¥्यापिट रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । समितिले हरेक वडाका टोल विकास संस्थाहरुसँग समन्वय गरेर काम गर्ने सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीले जानकारी दिए । उनले १५ वटै वडाका स्वास्थ्यचौकीका प्रमुखहरुलाई कोरोना सङक्रमण नियन्त्रणका लागि फोकल पर्सन तोकिएको बताए ।

नगरमा दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गर्ने, पीपीई सेट, सेनिटाईजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पर्याप्त खरिद गरिसकिएको र आठ सय भीटीएम मौज्दात राखिएको उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here