दमक–ताप्लेजुङ सम्पर्क मञ्चले निकाल्यो भित्ते पात्रो

0
177

दमक, १८ बैशाख /  दमक– ताप्लेजुङ सम्पर्क मञ्चले पहिलो पटक बार्षिक भित्ते पात्रो प्रकाशन गरेको छ ।

सम्पर्क मञ्चले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर, ताप्लेजुङका विभिन्न ऐतिहासिक महत्व राख्ने ठाउँ र संस्थाका गतिबिधिहरु समेटेर २०७८ सालको बार्षिक भित्ते पात्रो प्रकाशनमा ल्याएको हो ।

सो भित्ते पात्रो ( क्यालेण्डर) संक्षिप्त कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।bसम्पर्क मञ्चका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, संस्थाका उपाध्यक्ष एवं दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, संस्थाका सचिव मोहनकुमार बगाले, कोषाध्यक्ष शान्ता तामाङ, सदस्यहरु केन्द्र प्रसाइँ र चैतन्य बरालले आज ( शनिबार) संयुक्त रुपमा सो क्यालेण्डर विमोचन गरेका हुन ।

क्यालेण्डर प्रकाशन गर्न कार्य समिति सदस्य विष्णु पौडेलको संयोजकत्वमा कुमार साम्सुहाङ, गोपाल गुरागाइँ, चैतन्य बराल, सान्ता तामाङ र सुमित्रा प्रसाइँ सदस्य रहेको समिति गठन गरिएको थियो ।

सो सम्पर्क मञ्च २०७२ सालमा ताप्लेजुङको तोक्मे डाँडामा भएको आगलागीको घटनाका पीडितहरुलाई राहत प्रदान गर्ने सिलसिलामा दमकमा संगठित भएका पूर्व ताप्लेजुङबासीहरुले सम्पर्क मञ्च गठन गरेका थिए । सोही समितिको अगुवाईमा गत चैत्रमा दोभान बजारमा भएको आलगागीको घटनाका पीडितहरुलाई नगद २ लाख ११ हजार रुपैयाँ राहत प्रदान गरेको थियो । संस्थाका तर्फबाट विभिन्न खाले सामाजिक गतिबिधिहरु नियमित रुपमा सञ्चालन गर्दै यसलाई दमक र ताप्लेजुङलाई जोडने संस्थाका रुपमा बिकास गर्ने उद्धेश्य रहेको सम्पर्क मञ्चका अध्यक्ष पौडेलले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here