सुदर्शन सहकारीकाे दमकमा कारोबार शुरु

0
315

दमक, १८ बैशाख /  मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा पनि कारोबार शुरु गरेको छ ।

संस्थाले दमक ७ मा सेवा केन्द्र स्थापना गरेर कारोबार शुरु गरेको हो । यस अघि संस्थाले मोरङकै पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । वैशाख दोश्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार शुरु गरेको भएपनि यसको औपचारिक उदघाटन भने गरिएको छैन ।

संस्थाका कार्यकारी निर्देशक थरेन पौडेलले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गरेर सेवा केन्द्र उदघाटन नगरेपनि सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै कारोबार भने शुरु गरिएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here