झापाका तिन पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण

0
202

झापा / झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहनुभएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here