दमक/ दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनालाई कोरोना भएको छ । हिजो विराटनगरमा गरिएको कोरोना परिक्षणमा तिम्सिनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उनी केही दिन अघि एक जना आफन्तको बैबाहिक कार्यक्रममा सहभागी भएका थिए । कन्ट्रयाक टे«सिङमा परेका तिम्सिनाको बुधबार विराटनगरमा नै कोरोना परिक्षण गरिएको थियो ।
तिम्सिनाले आफनो कोरोना परिक्षण रिपोर्ट आज १० बजे पोजिटिभ आएकोले आफू होम आइसोलेसनमा बसेको बताएका छन । बैबाहिक समारोह सकेर दमक आएपछि मंगलबार मात्रै दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको बैठक बसेको थियो । बैठकमा तिम्सिना सहभागी भएका थिए ।
सरकारले सम्बन्धित पालिकाका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा कोरोनाबाट बच्न सरकारले अपनाएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अवस्था अनुगमन गर्ने समिति तोकेको छ । यस अघि बुधबार दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई कोरोना पुष्टि भएको थियो । सापकोटा विराटनगरमा अस्पताल भर्ना भएका छन ।