काेराेना संक्रमणकाे उच्च जाेखिममा दमक, एक जना वडाध्यक्षसहित ७ जना संक्रमित

0
340

दमक/ झापाको दमकमा एक जना वडाध्यक्षसहित ७ जना संक्रमित भएका छन ।

दमक २ का वडाध्यक्ष प्राजपति सापकोटाको मंगलबार गरिएको परिक्षणको नतिजा आज पोजिटिभ देखिएको हो । वडाध्यक्ष सापकोटाले हिजो सुरुङगाको कोटिहोमस्थित कोरोना परिक्षण प्रयोगशालामा स्वाव दिएका थिए । कोरोना परिक्षण गराउन जानु अघि मंगलबार सापकोटा दमकमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको नगरस्तरीय समन्वय समिति बैठकमा सहभागी भएका थिए ।

उनले आज  साँझ  करिब ६ बजे मात्रै  रिपोर्ट पोजिटिभ भएको जानकारी आफूले पाएको बताएका छन । सापकोटालाई खोेकी, जिउ दुख्ने लगायतका समस्या रहेको र अस्पताल पुगेर आवश्यक औषधि लिई चिकित्सकहरुको सल्लाहमा होम आइसोलेसन बसेको जानकारी दिए ।

सापकोटासहित बुधवार दमकका अन्य ६ जनामा संक्रमण देखिएको छ भने जिल्लाभर कूल ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार १८ महिलासहित ५० जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।

दमकमा २ महिलासहित ७ जना, बिर्तामोडमा ६ महिलासहित १३ जना, मेचीनगरमा २ जना पुरुष, भद्रपुरमा १ महिलासहित ३ जना, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ जना महिला, बुद्वशान्तिमा १ जना महिला, गौरीगञ्जमा ५ महिलासहित ११ जना, कमलमा २ महिलासहित ४ जना, शिवसताक्षीमा ३ जना पुरुष, बाह्रदशीमा १ जना पुरुष र झापा गाउँपालकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ५५ वर्षीय पुरुष रहेका छन । उनको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

योसँगै झापामा संक्रमितको संख्या ४८९५, डिस्चार्ज ४५२४, आइसोलेसनमा २३९ जना, कुल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३२ जना पुगेको उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here