दमक / मकैका खाेसेलाबाट सजावटका सामान बनाउने तालिम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा उपलब्ध हुने मकैका खाेसेलाबाट सजावटका सामान बन्छ र बिक्री हुन्छ भन्दा त्यति पत्यार लाग्दैन । तर अहिले दमक उधाेग वाणिज्य सघंले दमकका ग्रामिण क्षेत्रका महिलाहरू लाइ मकैको खाेसेलाबाट सजावटका सामान बनाउने तालिम आज सम्पन्न गरेको छ ।
चैत्र २२ देखि बैशाख ५ गते सम्म संचालन भएको तालिममा गाईबस्तुलाई खुवाउने घाँसको रूपमा प्रयोग गरिने मकैको खोस्टाबाट विभिन्न सजावटका सामाग्री बनाएर ग्रामीण क्षेत्रका बेरोजगार महिलाहरूले आयआर्जन गर्न सकुन् भन्ने उधेश्य अनुरूप तालिम दिइएकाे दमक उधाेग वाणिज्य सघं महिला उधम उपसमिति संयाेजक सुसिला निराैलाले बताइन् ।
सुरुमा त खोस्टाबाट रंगिबिरंगीका सजावटका समान बन्ला भन्ने सोचेकै थिएनन् । तर नेपाल सरकार बाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा प्रवर्द्धन केन्द्रको सहयोगमा सुरु गरिएको तालिममा सिके पछि तालिममा सहभागी उत्साहित भएका छन् निरौलाले भनिन् ।
अहिले तालिममा सहभागी सबै महिलाहरू सजावटका सामाग्री बनाउन थालिसकेका छन् । खोस्टाबाट विभिन्न किसिमका खेलौना, चकटी, जुक्ता र खोस्टालाई यसरी रङ्गाएर रंगीबिरंगीका फूल र फूलदानी बनाउन सिकाइएको छ ।
प्रशिक्षार्थीले सीप सिकेर गए पछि खोस्टाबाट बनाएका सामानलाई बजार सम्म पुर्याउन वाणिज्य संघले मध्यस्थता को भुमिका निर्वाह गर्ने भए पछि महिलाहरु थप उत्साहित भएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले बताए ।
स्थानीय स्तरमै रहेको मकैको खोस्टाबाट उत्कृष्ट सामान बनाउन सकिने भएको कारण स्थानीय सरकार संग हाले मालो गरी स्थानीय स्तरमै पाइने यस्ता सामाग्रीको प्रयोग बढाउन र बेरोजगार महिलाहरूको सीप अभिवृद्धी गरी आय आर्जन बढाउने कामतर्फ संघ थप लागि पर्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।
तालिम समापन कार्यक्रममा नेपाल सरकार बाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा प्रवर्द्धन केन्द्रका प्रतिनधि गणेश तिम्सिना, संघका प्रथाम उपाध्यक्ष राजु खड्का, द्वितीय उपाध्यक्ष राज कुमार योङ्हा , तृतीय उपाध्यक्ष रमा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।