ओलीलाई सरकारबाट हटाएरै छाड्छौं : दाहाल

0
119

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा मात्रै बैकल्पिक सरकार बन्ने बताउनुभएको छ ।

आइतबार आफ्नो निर्वाचन क्षेत्र भरतपुर- २२ मा रहेको बोटे टोलको घरदैलो पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र, संविधान विरोधी ओली सत्तामा टाँसिएर बसिरहन नैतिकता र कानूनी दुवै पक्षबाट नमिल्ने भन्दै तथ्यले ओली गलत बाटोमा हिँडेको देखाइसकेको उहाँको भनाई थियो ।

दाहालले पत्रकार महासंघको चुनावले समेत ओली समर्थित पत्रकारहरुलाई चौथो स्थानमा पठाएकाले यसैबाट उनको कदम विरुद्ध सबै एक भएको प्रष्टै सकेत आएको ठोकुवा गर्नुभयो । अहिले देशको राजनीतिमा असहज र अस्वभाविक स्थिति आएको भन्दै कानूनत केपी ओलीलाई तीन पटक प्रधानमन्त्रीबाट हटाउँदा सम्म सरकारी निकायले कदम नचालेको दाहालको गुनासो थियो ।

संसद विघटनको प्रस्ताव असंवैधानिक अलोकतान्त्रिक भएर जनता सडकमा आएपछि अदालतले विघटनको विरुद्ध फैसला गरेको भन्दै दाहालले त्यतिबेला नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,“ तीन पटक हामीले प्रधानमन्त्रीलाई हटाउनै पर्ने अरवस्थामा पुर्‍यायौं तर बिड्म्बना भन्नुपर्छ अहिले नकचरो भएर केपी चाहिँ बसिराखेकै छन । अव हामी फेरि चौथो पटक हटाउँदै छौँ । अव हेरौँ चौथो पटक के हुन्छ । ”

याे पटक केही दिनभित्रै हुने भन्दै दाहालले सहमति भए काँग्रेसको नेतृत्वमा सरकार हुन सक्ने बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here