पत्रकार राई सहित उत्कृष्ट सहकारीकर्मी सम्मानित

0
324

दमक / झापाको दमकमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाले  पत्रकार अनिलदेव राई सहित उत्कृष्ट सहकारीकर्मीलाई सम्मान गरेको छ ।

संस्थाको दमक वडा नं. ६ मा रहेको नयाँ भवनको उद्घाटन तथा १२ औं स्थापना दिवश तथा नयाँ भवन उदघाटन कार्यक्रमको अवसरमा नगद १० हजार सहित दोसल्ला र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि सहकारी संस्थाको छाता संगठन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल र संस्थाका अध्यक्ष रवि केसीले  संयुक्त रूपमा  सम्मान गर्नु भएको छ ।

यसैगरी संस्थामा विशेष योगदान दिने र उत्कृष्ट कार्य गर्ने हिरो अफ द स्वर्ण लक्ष्मी गायत्रा ढकाल, उत्कृष्ट कर्मचारी मैया राई, स्कोरर अफ द इयर कमल गडतौला, स्कोरर अफ दी इयर रनर अप विवेक घिमिरे, दोस्रो रनर गणेश भट्टराई सम्मानसँगै पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले बताउनु भयो ।

कार्यक्रममा बोल्दै लामो लकडाउनमा मानवीय सेवामा सहकारीको भूमिका उच्च र प्रशंसनीय रहेको कार्याक्रमका बक्ताहरुले बताएका छन् । कार्यक्रममा सहकारीका अगुवा देवी पोखरेल, विशिष्ट अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली लगायत सहकारी क्षेत्रका अगुवा नेतृत्वले मन्तव्य राखेका छन् । यस्तै कार्याक्रममा निशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्याक्रम समेत गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here