हुम्लामा ग्यासको भाउ घटेर ८ हजार कायम

0
191

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाना पकाउने ग्यासको मूल्य घटेको छ ।

१४ हजार रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरको मूल्य ६ हजार रुपैयाँ घटेर ८ हजारमा झरेको स्थानीयले बताएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिण्डर १४ हजार रुपैयाँ थियो । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ ।

सर्केगार्ड गाउँपालिकाको बालुकुनासम्म र चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङसम्म सडक सञ्चालनमा आएपछि खच्चडमा एक दिनमै सिमकोट पुग्ने भएपछि ग्यासको ढुवानीको मूल्य घटेको हो । ग्यासका सिलिण्डर खाली भएपछि भने हवाईजहाजबाट सुर्खेत पठाउने गरिएको छ । बजारमा अधिकांश होटेल व्यवसायीले ग्यासको प्रयोग गर्न थालेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here