बजाज शून्य अफर अन्तर्गत पथरीका विनोद न्यौपाने पाए एक लाख 

0
729

दमक, ५ चैत / बजाज शून्य अफर अन्तर्गत पथरीका विनोद न्यौपाने एक लाख पाएका छन् ।

पथरी शनिश्चरे ४ का राम प्रसाद न्यौपानेका छोरा विनोद न्यौपाने बिहीबार मोटरसाइकल किन्न दमक स्थित बजाज कम्पनि को आधिकारिक विक्रता न्यू संगम इन्टरप्राइजेज पुगे । उनले आफूले किन्न चाहेको मोटर साईकल छाने । कम्पनीले मागे अनुरूप सम्पूर्ण विवरण सोरुमले भरिसके पश्चात उनीहरुलाई एउटा कोड उपलब्ध भयो र उक्त कोडमार्फत उनलाई पाँच शून्य पर्यो र एक लाख प्राप्त गरे ।

उनले पाएको पुरस्कारको रकम तुरुन्तै किनेको बाईकको मुल्यमा छुट पाउँद न्यौपाने दंग परे उनले भने पुरस्कार पाउने कुरा विज्ञापन मात्र हो, परे पनि निकै झन्झट हुन्छ भन्ने लागेको थियो । तर आफ्नो जीवनमा पहिलो पटक परेको पुरस्कार तत्कालै कुनै झन्झट बिना पाउँदा अचम्मित भएको बताए ।

उक्त पुरस्कार लाई इन्टरप्राइजेजका प्रोपाइटर विमल शर्मा र पहिलो पाइला दमक शाखाका अध्यक्ष दीपक खड्काको उपस्थितीमा कम्पनीका सेल्स प्रतिनिधि सी एम पौडेलले हस्तान्तरण गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा बजाजले चैत १ गते देखि देश भर बजाज शून्य अफर ल्याएको छ । यस अन्तर्गत बजाजका बाइक किन्न चाहने ग्राहकको सम्पूर्ण विवरण सोरुमहरुले भरिसके पश्चात उनीहरुलाई एउटा कोड उपलब्ध हुनेछ । सो कोडमार्फत उनीहरुलाई जति धेरै शून्य जान्छ, उति नै रुपैयाँ छुट उपलब्ध हुनेछ ।

यस अन्तर्गत न्यूनतम १० हजारका साथै १ लाख र १० लाख रुपैयाँ सम्म पर्नेछ । जति धेरै शून्य पर्छ, त्यति नै धेरै रकम ग्राहकले प्राप्त गर्नेछन् ।

त्यसैगरी बजाजका बाइक किन्दा शुरुमा बाइकको मूल्यको ५० प्रतिशत रकम बुझाए पछि बाँकी रकम १८ महिना सम्म तिर्न सकिने छ । यसरी बाँकी रकममा कुनै पनि ब्याज लाग्ने छैन । यसरी शून्य प्रतिशत ब्याजमा बाइक किन्न सकिने यसै अन्तर्गतको अर्को फाइदा उपलब्ध हुनेछ ।

यसरी शून्यलाई आधार मानेर स्किम ल्याएकोले यसको नाम नै ‘बजाज शून्य अफर’ राखिएको कम्पनीको भनाइ छ ।

यसका साथै न्यू संगम इन्टरप्राइजेजले ग्राहकको सुविधालाई मध्यनजर गर्दै दमकमा चैत ७ गते देखि ११ गते सम्म एक्सचेन्ज अफर राखिएको इन्टरप्राइजेजका प्रोपाईटर विमल शर्माले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here