राेटरी क्लब अफ दमक द्वारा दाेभानका अग्नीपीडितलाई राहत सामाग्री हस्तान्तरण

0
312

दमक –  रोटरी क्लब अफ दमकले  ताप्लेजुङ  दोभानका अग्नीपीडितहरुलाई बिभिन्न राहत सामाग्री  हस्तान्तरण गरेको छ

ताप्लेजुङ  मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा फाल्गुण १८ गते आगोलागीवाट विस्थापित भएका परिवारलाई राहत पुर्याउन डाइमण्ड हाेम एप्लाइन्सकाे सहकार्यमा  रोटरी क्लब अफ दमकका तर्फबाट क्बलका अध्यक्ष शान्ता ढकाल र उपाध्यक्ष बिक्रम कुमार साह उक्त स्थानमा पुगी मेरिङ्देन ३ का वडा अध्यक्ष गणेश प्रसाद भण्‍डारी, मेरिङ्देन  १ का वडा अध्यक्ष लाक्पा तेम्बा शेर्पा लगायत स्थानिय जनप्रतिनिधि र स्थानिय बासीकाे उपस्थितीमा १ लाख ४० हजार मुल्य बराबरका सामाग्रीहरू प्रेसर कुकर,कराइ,आरी,थाल,बटुका,गिलास,पुन्यु,चिनी,आटा लगायतका सामाग्री प्रदान गरेको छ ।

आगलागी भएको स्थानमा सम्पर्क गरेर बुझ्दा तत्कालका लागी उक्त सामाग्रीहरू अति आवश्यक भएकाे जानकारी पाए पछि  क्लबले उक्त सामाग्री लिएर अागलागी स्थानमै पुगेर  हस्तान्तरण गरेको क्लबकी अध्यक्ष शान्ता ढकालले जानकारी दिनु भयो ।

आगलागीबाट ४७ घर जलेर नष्ट भए सगै त्यहाँका  ६३ परिवारले क्षति ब्यहोर्नु परेको थियो । आगलागि बाट गरी ४० करोड बराबरको क्षति भएको थियो ।

 टिनको छाना लगाइएका कच्चि घरहरू भएकाले छोटो समयमा नै धेरै क्षेत्रमा आगो फैलिएको थियो । दोभान बजार जिल्लाको दोश्रो ठूलो व्यापारिक केन्द्र हो । जलेका प्राय घरहरुमा अलैँचीको गोदामलगायत पसलहरु रहेकाले ठूलो परिमाणमा क्षति भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here