शिवसताक्षी मेयर कप २०७७ शुरु

0
407

शिवसताक्षी । शिवसताक्षी मेयर कप २०७७ सोमबार बाट शुरु भएको छ । मेयर कप प्रतियोगिताको प्रतिनिधिसभा सदस्य एल. पि.सावा र नगर प्रमुख चन्द्रकुमार सेर्माले सन्युक्त उद्घाटन गरे ।

प्रतियोगिता नगर गौरबको रुपमा निर्माण भैरहेको दुधे रंगशालामा भएको हो । कर्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिती सावाँ खेलकुद छेत्रको बिकाश्को लागी आवश्यक सहयोग गर्ने बताए । प्रतियोगिताको उद्घाटन वडा नम्बर ७ र वड नम्बर ९ बिच भयो ।उक्त खेलमा ७ नम्बरले ट्राइबेकरमा वडा नम्बर ९ लाई ४/३गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गर्यो ।अत्यान्तै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफ सम्म गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको
निर्धारित समयमा दुवै पक्षबाट १/१ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्किएको थियो ।

ट्राइबेकरमा वडा नं. ९ बाट प्रनिल माझी , प्रितम लिम्बु, शिशिर वर्देवाले १÷१ गोल गर्न सफल भए । त्यस्तै वडा नं ७ को तर्फबाट बबिहाङ्ग लिम्बु, हेमन्त तुम्बापो, सेसेहाङ्ग लिङदेन र मिराक लिम्बुले १ ÷१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. ७ मन्जिल माझी घोषित भए ।खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

मंगलबारकाे खेल वडा नं. ४ र वडा नं. ५ को खेल हुने बताइएको छ । त्यसै गरि भोलि बाट भलिबल शिवसताक्षी ३ स्थित पाडाजुङ्गीमा शुरु हुने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here