शिवसताक्षी मेयर कपको तयारी पुरा, १७ देखि २८ गतेसम्म खेल हुने

0
243

शिवसताक्षी / शिवसताक्षी नगरपालिका खेल जगतलाई गौरवको रुपमा हेरिएको शिवसताक्षी मेयर कपको तयारी अन्तिम चरणमा पुगेकाे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

उद्घाटनखेलमा विभिन्न सँस्कृति झल्किने झाकी समेत प्रश्तुत गरिने छ । खेललाई व्यवस्थित गर्न फुटबलतर्फ शिवसताक्षी खेलकुद समितिका अध्यक्ष फुर्वा लामा र सदस्य दिपक भेट्वालले नेत्तृत्व गर्ने छन् । त्यस्तै भलिबलमा सन्तोस पौडेल किकेटमा लक्ष्मण अधिकारी ,ब्याडमिन्टनमा अरुण चेम्जोङ ,बुद्धिचालमा तुलसी दहाल , एत्लेटीकमा बुद्धिराज लक्सम कबडीमा लक्ष्मण अधिकारी ,कराँतेमा प्रेम फुयालले नेत्तृत्व गर्दै कार्यक्रम व्यवस्थित बनाउने बताइएको छ । पत्रकार सम्मेलनमा वडाको स्थाइ प्रमाण पत्र भएकाहरुले सहभागी गर्न पाउने अन्यथा दावी विरोध परेमा र उक्त खेलाडी वडाको नभएको प्रमाणित भएमा टिम नै निलम्बित हुने बताइएको छ ।त्यसको लागि दाबी बिरोद गर्न सम्बन्धित ब्यक्तिले रु २ हजार सहित समितिमा उजुरी दिन सक्ने प्रवधान समेत समितिले अक्तियार गरेको छ । शिवसताक्षी मेयर कप तेस्रो संस्मरण यहि फाल्गुन १७ गतेखि २८ गतेसम्म हुनेछ ।

शिवसताक्षी नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरको ११ वटा वडाहरु फुटबलमा सहभागि हुने र अर्को एउटा टिम नगरभरिका भेट्रान खेलाडीहरुको एकिकृत टिम हुने बताइएको छ । कार्यक्रमको उद्घाटन खेल संघीय साँसद एलपि साँवाले गर्नेछन् भने समापन अर्थात फाइनल खेलको प्रमुख अतिथी शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा रहने पत्रकार सम्मेलनमा बताइएको छ ।

शिवसताक्षी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सुरु हुन लागेको मेयर कप १५ लाख रुपँैयाको वजेटमा हुन लागेको हो । मेयर कप यस पटक भने नगर गौरवको आयोजना अन्गरगत दूधे रंगशालामा गरिने छ । मिनि ओलम्पिकको रुपमा गरिन लागेको मेयर कप २०७७मा बिभिन्न ८ बिधाको १८ वटा खेल रहने नगर खेलकुद समितिका अध्यक्ष फुर्वा लामाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । जस अनुसार फुटबल , भलिबल, क्रिकेट,बुद्धिचाल ,ब्याडमिन्टन, कबडी, कराँते ,र एथलेटिक्स लगाएतका खेलहरु रहनेछन् । प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ ।

खेलमा फुटबल बिधाका बिजेताले ७५ हजार र उप–बिजेतले ४१ हजार भ्याट कटाएर प्राप्त गर्ने छन् भने भलिबल खेलतर्फ ५०हजार र उप–बिजेताले ३० हजार प्राप्त गर्ने छन् । क्रिकेटमा ५० हजार र उप बिजेताले ३० हजार प्राप्त गर्नेछन् । त्यसैगरि कबर्र्डीले १५ हजार ,ब्याडमिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङगलले ५ हजार नगद सहित मेडल ,ट्रफी र प्रमाण प्राप्त गर्ने नगर खेलकुद बिकास समितिले जनाएको छ । प्रतियोगिताको समय अवधीभरि भलिबल , शिवसताक्षी ३ स्थीत पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ ,त्यसैगरि क्रिकेट झिलझिलेमा र कराँते माइधारमा ,कबर्डी माइधार , एथलेटिक्स ब्याङडाँडामा ,ब्याडमिन्टन दुधेमा हुने नगर खेलकुद बिकास समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिए ।

शिवसताक्षी नगरपालीकाको प्रथम नगर सभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उदेश्यका साथ शिवसताक्षी मेयर कप सुरु गरिएको थियो । यस अघिको मेयर कपबाट नगरले बिभिन्न राष्ट्रिय स्तरका खेलाडीहरु समेत उत्पादन गरिसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here