दमकमा खुल्याे बनारसी पान क्याफे

0
660

दमक / झापाकाे दमकमा बनारसी पान क्याफे संचालनमा अाएकाे छ ।

दमक ६ स्थित दमक मलमा सुरू गरीएकाे  उक्त पान क्याफेकाे  बुधवार दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठले उक्त उद्घाटन गरेका छन् ।

दमकका युवा ब्यवसायी नवराज घिमिरेले संचालनमा ल्याएकाे पान क्याफेमा १ सय साठी प्रकारकाे स्वादमा पान उपलब्ध हुने जनाइएकाे छ । युवा पुस्ता माझ सानाे लागानीमा पनि ब्यवसायमा गर्न सकिन्छ भन्ने उदारणा स्वरूप याे ब्यवसाय सुरू गरेकाे घिमिरेले जानकारी दिए । उनले  केहि समय अघि झापाकाे बिर्तामाेडमा  सुरू भएकाे बनारसी पना क्याफेकाे  फ्रेन्चाइजी व्यवसाय सञ्चालनमा ल्याएका हुन्।

उद्घाटन कार्यक्रममा दमक मलका संचालक रेवत बस्नेत, युवा ब्यवसायी संजिव बराल, लायनन्स क्लब अफ दमक युनाइटेडका सचिब प्रदिप गौतम, क्लब हिमालयन टाइगरका उपाध्यक्ष  जे अार बिमली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

बच्चादेखि बृद्धसम्मले खान मिल्ने पान भएकाे कारण पनि बनारसी पान क्याफे निकै लाेक प्रिय बन्दै गएकाे छ ।पछिल्लाे पटक सामाजिक संजाल टिकटकमा  फारय  पान खाएकाे भिडियाे भाइरल हुदै गए पछि यसकाे चर्चा निकै हुदै गएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here