लियो क्लब अफ दमक गोल्ड स्थापनाकाे एक वर्ष पुरा, बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाउदै

0
509

दमक  / दमक स्थित लियो क्लब अफ दमक गोल्डले आफ्नो स्थापनाको एक वर्ष पुगेको अवसरमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरेको छ ।

पहिलो वर्ष पुगेको अवसरमा पुष १९ गते देखि महिना भरि विभिन्न कार्यक्रम गर्ने कार्यतालिका अनुसार ति कार्यक्रम गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो । क्लबका अध्यक्ष प्रकाश वास्ताकोटीका अनुसार महिना भरि गरिने कार्यक्रमको सुची अन्तर्गत ट्राफिक सचेतना, मास्क वितरण, लागुऔषध तथा साईबर अपराध सम्वन्धि विभिन्न विद्यालयमा सचेतना कार्यक्रम, पुस्तक वितरण, विपन्नलाई वितरणका लागि कपडा संकलन जस्ता कार्यक्रम सम्पन्न भएका छन् ।

यसै अन्तर्गत बालिकाहरुलाई आत्मरक्षा तालिम, सामुदायीक कुकुरको घाँटीमा टल्कने पेटी बाँध्ने, नेतृत्व विकास तालिम, नाक कान घाँटी बारेमा सचेतना कार्यक्रम, रक्तदान, खाद्यसामाग्री वितरण, क्षेत्रीय स्तरको हाँजिरी जवाफ प्रतियोगीता लगायतका कार्यक्रम समेत गरिने क्लबले जनाएको छ । क्लबले विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा ति कार्यक्रम गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here