पृथ्वी जयन्तीमा पूर्वराजा द्वारा शुभकामना सन्देश जारि, देश प्रति चिन्ता व्यक्त

0
402

दमक, २७ पुष  । पूर्वराजा ज्ञानेन्द्र शाहले २९९ ओैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल र नेपालीलाई शुभकामना दिनु भएको छ । पूर्वराजा शाहद्वारा आज एक सन्देश जारि गर्दै शुभकामना दिनुभएको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्री ५ वडामाहाराजाधिराज पृथ्वीनारायण शाह प्रति श्रद्धासुमन अर्पण गर्दै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा प्रेम , सद्भाव र एकताको निम्ति शुभकामना अर्पण गरिएको सन्देशमा उल्लेख छ ।

सन्देशमा वडामहाराजाधिराजले आफ्नो पुरै जीवनकाल राष्ट्र निमार्णमा खर्चिएको तर बर्तमन राजनीतिक अस्थिरताले देशनै जोगाउन मुस्किल भएको भन्दै देश प्रति चिन्ता व्यक्त गरिएको छ ।नेपालको निमार्णमा हरेक जातीय , भाषिक , सांस्कृतिक समुदायको बिशिस्ट योगदान रहेको भन्दै राष्ट्र निर्माताको दिव्यउपदेश नेपालको अस्तित्व रक्षा , नेपालीको एकता , मुलुकको सम्मृद्धि प्रति लक्षित रहेको जनाइएको छ ।

शाहवंशीय परम्परा जनचहाना बमोजिम अघि बढेको भन्दै देशको आवश्यकता र जनचाहना हुदा शाहवंशीय राजाहरुले सकृय भुमिका मात्र निर्वाह गरेनन् ,राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारिता देखाएको सन्देशमा जनाइएको छ ।वर्तमान राजनीति कति इमानदार र राष्ट्रकेन्द्रित छ ? कति जनहित अनुकुल छ ? त्यसको समीक्षा गर्न विलम्ब भैसकेको भन्दै वर्तमान राजनीति प्रति पूर्वराजा शाहले असन्तुष्टि जनाउनु भएको छ।परिवर्तनको नाममा आफ्नो इतिहास , धर्म , सभ्यता , संस्कृति र एकता भत्काउदै पराया इच्छा पुरागर्न अवाञ्छित क्रियाकलाप भित्रिएको प्रतिपनि पूर्वराजा शाहले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

हाल पूर्वराजा शाह रानी कोमल , युवराज्ञी हिमानी , नवयुवराज हृदयेन्द्र सहित पूर्वी नेपालको भ्रमणमा हुनुहुन्छ । झापाको दमक स्थित हिमालय गुडरिकमा रहेको दरवारमा बस्नुभएको पूर्व राजपरिवारले पूर्वका विभिन्न धार्मिक स्थानको भ्रमण गर्ने तथा सर्वसाधारण जनतासंग दर्शनभेट गर्ने कार्यक्रम रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here