चार करोडकाे लागतमा दमकमा कृषि बजार बन्दै

0
403

दमक, ६ पुस / प्रदेश १ सरकार र दमक नगरपालिकाको करिव ४ करोड रुपैयाँको लागतमा कृषि उपज बजार स्थल निर्माण शुरु भएको हो ।

५ करोड ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिए पनि बजार स्थल भवन निर्माणका लागि ३ करोड ९२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले जानकारी दिएका छन् ।

गत कातिक १६ गते सम्झौता भएको भवन निर्माण २०७८ फागुन १६ मा पूरा हुनु पर्ने सम्झौता छ । सो संरचनाका लागि प्रदेश सरकारले २ करोड ७५ लाख र नगरपालिकाले १ करोड १७ लाख ४८ हजार रुपैयाँको साझेदारी गरेका छन् ।

दमकमा अर्गानिक तथा जैविक कृषि उपजको छुट्टै बजार सञ्चालनका लागि सो संरचना बनाउन शुरु गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन् । दमक–८ मा रहेको सरस्वती माविको जमिन लिजमा लिएर नगरपालिकाले अर्गानिक कृषि बजार सञ्चालन गर्न लागेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here